छ घण्टामा खस्यो ६५० मत

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा ६ घण्टामा ६ सय ५० मत खसेको छ ।

निर्वाचनमा प्रयोग भएका ८० विद्युतीय भोटिङ मेसिन (ईभीएम)मा ६ सय ५० मत खसेको र ८० महाधिवेशन प्रतिनिधिले समाचार तयार पार्दासम्म मतदान गरिरहेका छन् ।

निर्वाचन आयोगका सचिव डाक्टर कुन्साङ लामाका अनुसार पछिल्लो समय मतदानको गति अलि बढेको छ । 

‘राति १० बजेसम्म मतदान सकिएला कि भन्ने हाम्रो अनुमान छ,’ लामाले भने ।

एमालेका २ हजार २ सय महाधिवेशन प्रतिनिधि नै यस निर्वाचनका मतदाता हुन् । 

लामाका अनुसार औसतमा एक मतदाताले पुरै मत दिन औसतमा २७ मिनेट लागेको छ ।

Share News