स्थानीयको माग सम्बोधन गर्दै सालासुङ्गी हाइड्रोपावरले बाँड्ने भयो सेयर


काठमाडौं । सालासुङ्गी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयबासिन्दाको माग सम्बोधन गर्दै सेयर उपलब्ध गराउने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । 

लामो समयदेखि सेयर पाउनुपर्ने माग गर्दै विरोधमा उत्रिएका स्थानीयबासिन्दासँग सहमतिमा आयोजना अघि बढेपछि कम्पनीले आवश्यक प्रक्रिया सुरु गरेको हो ।

निजी क्षेत्रको करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । 

आयोजना स्थलमा समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध निर्माण गरिएको छ । जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार आयोजनाबाट हिउँद याममा करिब १५ मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ ।

आमाछोदिङ्मो गाउँपालिका-५ का वडाध्यक्ष रामबहादुर तामाङका अनुसार आयोजनाबाट प्रभावित स्थानीयबासिन्दालाई शेयर उपलब्ध गराउने विषयमा औपचारिक जानकारीसहित पत्र प्राप्त भएसँगै स्थानीयले सञ्चालन गर्दै आएका विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

स्थानीयबासिन्दाले जल, जङ्गल, जमिन तथा अन्य प्राकृतिक स्रोतको प्रयोग गरी निर्माण गरिने विकास आयोजनामा प्रभावित पक्षलाई प्राथमिकताका साथ सेयर दिनुपर्ने माग गर्दै आएका थिए ।

आयोजनाले सो माग सम्बोधन गर्ने निर्णय गरेसँगै स्थानीयस्तरमा देखिएको असन्तोष अन्त्य भएको छ ।

Share News