काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांशअनुसार बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।