काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सोही निर्णयअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको बैंकले जनाएको छ ।