नेकपा एमाले केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेकपा एमालेको केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा सम्पन्न भएको छ । 

बैठकले पार्टीको लेखा तथा वित्तीय व्यवस्थासँग सम्बन्धित विविध विषयमा निर्णय गरेको जानकारी लेखा आयोगका सचिव ईश्वरीप्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले पार्टीको विधान, नीति र लोकतान्त्रिक अभ्यासअनुसार सम्पन्न महाधिवेशनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जिम्मेवार बनाउने विश्वास लिएको छ।

लेखा आयोगमार्फत पार्टीलाई आर्थिक रूपमा पारदर्शी, अनुशासित र सुदृढ बनाउने दिशामा इमान्दारितासाथ जिम्मेवारी निर्वाह गरिने प्रतिवद्धता बैठकले गरेको खरेलले जानकारी दिए ।

सचिव खरेलका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरूले आफूहरूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मानसमेत गरेका छ ।

Share News