एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंक सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएको कम्पनी सचिव कमल खड्काले जानकारी दिए । 

कम्पनी सचिव खड्का अनुसार अग्रवालले सञ्चालक समेत नरहने गरी राजीनामा दिएका हुन् । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ । 

व्यापार, उद्योग, बैंकिङ, बीमा क्षेत्रमा ५ दशकभन्दा बढिको अनुभव रहेका अग्रवालको बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

Share News