मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गर्‍यो आन्दोलनको घोषणा

फाइल तस्बिर ।

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सोमबार देशव्यापी संयुक्त आन्दोलन गर्ने भएको छ । 

आइतबार पत्रकार सम्मेलन गर्दै समूहले आन्दोलनमा सडकमा रहेका सबै जेनजी अभियन्ता, घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजना रहेको जानकारी गराएको हो ।

ढुंगाना नेतृत्वको समूहसँगै देशका अन्य ३० भन्दा बढी जेनजी समूह पनि यस आन्दोलनमा सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । 

समूहका नेताहरूले आन्दोलनको मुख्य उद्देश्य जेनजी समुदायको अधिकार र न्याय सुनिश्चित गर्नु रहेको बताएका छन् ।

आन्दोलनलाई शान्तिपूर्ण तर प्रभावकारी बनाउने योजना बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ ।सहभागीहरूलाई सुरक्षा व्यवस्था र समन्वयका लागि विशेष निर्देशन दिइएको छ ।

Share News