रास्वपाका सभापति रवि लामिछानेलाई घण्टीघरमा स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गरिएको छ । 

पार्टी कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उपस्थितिमा उनलाई बाजागाजासहित स्वागत गरिएको हो ।

लामिछाने शुक्रबार भैरहवा कारागारबाट रिहा भई काठमाडौं आइपुगेका हुन् । कारागारबाट छुटेपछि पहिलो पटक पार्टी कार्यालयमा आएका हुन् ।

सहकारी ठगी प्रकरणमा भैरहवा हुँदै नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । स्वागत कार्यक्रममा थुप्रै कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

Share News