गुल्मीको तम्घास बजारमा आगलागी

काठमाडौं । गुल्मीको सदरमुकाम तम्घास वजारमा रहेको एक मोटर ग्यारेजमा आगलागी भएको छ । 

विक्रम ग्यारेजमा आगलागी हुँदा धेरै क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगो नियन्त्रणका लागि स्थानीय वारुणयन्त्रसहित प्रहरी खटिएको छ ।

तम्घासको बुढाथोकी वसपार्कको छेउमै रहेको मोटर ग्यारेजमा बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

अहिले प्रहरी र रेसुंगा नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । 

आगो नियन्त्रणपछि आगलागीको कारण र क्षतिबारे अध्ययन हुने प्रहरीले जनाएको छ ।

Share News