जेनजी प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानाको नेतृत्वमा युवाहरूले माइतीघर मण्डलामा सुरु गरेको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्न सुरु गरेको छ । 

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनमा सहभागी एकले जानकारी दिए । उनका अनुसार युवा निकोलस भुसाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रदर्शनकारीहरूले सर्वपक्षीय सरकार गठन भएपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् । 

उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनुमति नलिइ प्रदर्शन गरेकोले नियन्त्रण गर्नुपरेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

Share News