लुम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्दै सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ ।

बैंकका अनुसार राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा प्रस्तुत गरिनेछ ।

Share News