काठमाडौं । जेनजी आन्दोलनको छानबिनका क्रममा बयानका लागि काठमाडौं उपत्यका छोड्न वा विदेश जान रोक लगाइएका तीन जनाको स्थानहद फुकुवा गरिएको छ ।
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथिको रोक हटाइएको हो ।
जाँचबुझ आयोगले मंगलबार (आज) विज्ञप्ति जारी गर्दै उनीहरूसँग बयान सकिएको र त्यसैले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरिएको जानकारी दिएको छ।
अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि मात्र स्थानहद कायम छ ।