काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटललाई कूल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार रुपैयाँ, पाककला प्रालिलाई १० हजार रुपैयाँ र इन्द्रेणी फुड वर्ल्ड एन्ड व्याङक्वेटलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसार कारबाही गरेको हो ।
यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र ३ वटालाई नगद जरिवाना गरेको हो ।
