काठमाडौं । चीनको सान्सी प्रान्तमा सियान–यानान उच्च गतिको रेल मार्ग सञ्चालनमा आउने भएको छ । जुन उक्त क्षेत्रको लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
यो उत्तरी सान्सीको पुरानो क्रान्तिकारी आधार क्षेत्रमा सेवा पुर्याउने पहिलो उच्च गतिको रेल सेवा हुनेछ । जसले विशेष गरी यानानलाई जोड्नेछ ।
३५० किलोमिटर प्रतिघण्टाको गतिको लागि डिजाइन गरिएको यो २९९.८ किलोमिटरको परियोजनाले सियानदेखि यानानसम्मको यात्रा समय २.५ घण्टाबाट घटाएर करिब एक घण्टामा पुर्याउनेछ ।
सन् १९३७ र १९४७ को बीचमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको आधार क्षेत्रको रूपमा सेवा गरेको हुनाले यानानको ऐतिहासिक महत्त्व रहेको छ ।