रवि र मेयर बाले न वान–टु–वान वार्ता, के होला सहमति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान–टु–वान वार्ता भइरहेको छ । 

ललितपुरको ज्वागलस्थित मेयर बालेनका सहयोगी कुमार बेनको निवासमा दुवै नेताबीच एकान्त छलफल चलिरहेको मेयर शाहका एकजना सहयोगीले जानकारी दिए ।

वार्ताको एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन । 

यद्यपि पछिल्लो समयका समसामयिक राजनीतिक घटनाक्रम, सुशासन, स्थानीय तह र संघीय राजनीतिबीचको समन्वयलगायत विषयमा छलफल केन्द्रित भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुवै जना फरक राजनीतिक पृष्ठभूमिबाट उदाएका नेता भएकाले उनीहरूबीचको यो भेटलाई चासोका साथ हेरिएको छ । 

Share News