सर्वसम्मत भएनन् चन्द्र भण्डारी, गुल्मी– १ बाट सातजना सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस हुन सकेनन् ।

गुल्मी क्षेत्र नम्बर १ का सचिव मार्कण्ड भण्डारीका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार भएको क्षेत्रीय कार्यसमितिको बैठकमा आकाङ्क्षीहरू स्वयं आफै र वारेसमार्फत उपस्थित भएका थिए । 

उमेदवार हुनका लागि आकाङ्क्षा राखेकाहरूको नाम सङ्कलन गरिएको छ । प्रत्यक्षतर्फ डा. चन्द्रकान्त भण्डारी, श्रीप्रसाद भलामी, भरत बस्नेत, अमृत ज्ञवाली, रवि ज्ञवाली, राधिका न्यौपाने र धनकुमारी रानाले इच्छा देखाउएको भण्डारीले जानकारी दिए । 

त्यसैगरी, समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि झकबहादुर पुन, भानुभक्त सुवेदी, मीना भण्डारी, गङ्गा पाण्डे, निर्मला सुवेदी र भगवती काफ्ले भण्डारीले इच्छा देखाएको भण्डारीले जानकारी दिए ।

Share News