नयाँ वर्षमा आक्रमण गर्ने षड्यन्त्रको आरोपमा टर्कीएमा आईएसका ११५ संदिग्ध पक्राउ

काठमाडौं । टर्कीएका अधिकारीहरूले क्रिसमस र नयाँ वर्षका कार्यक्रमहरूलाई लक्षित गरी गरिने आक्रमणको षड्यन्त्र विफल पारेको बताएका छन् ।

यस क्रममा तथाकथित इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्धित १०० भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ ।

इस्तानबुलका प्रमुख सरकारी अभियोजकका अनुसार सहरभर १२४ स्थानमा ठूलो मात्रामा छापेमारी गरिएको थियो । 

छापामारका क्रममा हतियार, गोलीबारुद तथा संगठनसँग सम्बन्धित कागजातहरू बरामद गरिएको छ ।

अधिकारीहरूका अनुसार आईएस समर्थकहरूले यसै हप्ता टर्कीएमा आक्रमण गर्ने सक्रिय योजना बनाइरहेका थिए, जसको मुख्य निशाना विशेषगरी गैर-मुस्लिम व्यक्ति तथा कार्यक्रमहरू थिए ।

एक आधिकारिक विज्ञप्तिमा प्रहरीले ११५ जनालाई हिरासतमा लिएको र थप २२ जनाको खोजी जारी रहेको उल्लेख गरिएको छ ।

Share News