काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल महाराजगञ्जस्थित निवास पुगेका छन् ।
शुक्रबार (आज) बिहान करिब १० बजेदेखि सुरु भएको भेटवार्ता अझै जारी रहेको देउवानिकट स्रोतले जनाएको छ ।
भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, आगामी निर्वाचन बारे छलफल भइरहेको बताइएको छ । यद्यपि भेटवार्ताको औपचारिक एजेन्डाबारे दुवै पक्षले सार्वजनिक रूपमा केही खुलाएका छैनन् ।
देउवासँगको भेटपछि मन्त्री खरेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको सञ्चारमन्त्री खरेल निकट स्रोतले बताएको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय वार्ता टोलीका सदस्यसमेत रहेका मन्त्री खरेलको तीन शीर्ष नेतासँगको भेटलाई पछिल्लो समय बढ्दो राजनीतिक संवाद र सहमतिको प्रयासका रूपमा हेरिएको छ ।