महिला सशक्तिकरणदेखि गरिबी निवारणसम्म लघुवित्तको भूमिका अतुलनीय : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्थाबाहेक अरू कुनै नरहेको बताएका छन् ।

शुक्रवार राजधानीमा आयोजित बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनी लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो। 

उनका अनुसार ३० दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भूमिका खेलेको छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरूलाई सक्षम बनाएको समेत श्रेष्ठले बताए ।

उनले भने, ‘लघुवित्तले गरिबी हटाउन राम्रो भूमिका खेलेको छ । हामी दक्षिण एसियामा गरिबीको सुधार गर्ने देशमा पर्छौं । हाम्रो मानव विकास सूचांकमा पनि सुधार भएको छ ।  लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत बढेको छ । वित्तीय पहुँच बढेको छ । बिना धितो ऋण दिने कुनै संस्था छ भने लुघवित्त संस्था हो । अरू संस्थाले कमै दिन्छन् ।’

उपाध्यक्ष श्रेष्ठले राजनीति स्वार्थ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताए । उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जानेसमेत प्रतिवद्धतासमेत व्यक्त गरे । 

कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

उनका अनुसार महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । 

ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै उनले लघुवित्तमा रहेका समस्याहरू हल गर्दै जानुपर्नेमा जोड दिए ।

यादवले भने, यादवले भने, ‘लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भुमिका खेलेको छ । महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको छ।’

Share News