गुण्डु पुगे सञ्चारमन्त्री खरेल, ओलीसँग भेटवार्ता सुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेका मन्त्री खरेलले समसामयिक राजनीतिक अवस्था र आगामी फागुन २१ गते तोकिएको निर्वाचनका विषयमा ओलीसँग छलफल गर्ने जनाइएको छ । 

भेटका क्रममा निर्वाचनको तयारी अनि प्रधानमन्त्रीको दलका शीर्ष नेताहरूसँग हुने बैठकबारे छलफल हुने बताइएको छ ।

सो अवसरमा मन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच हुने वार्तामा सहभागी हुन ओलीलाई औपचारिक निम्तोसमेत दिने बताइएको छ । 

यसअघि मन्त्री खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । ओलीसँगको भेटपछि उनले नेकपाका संयोजक पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

Share News