एमाले सचिवालय बैठक सर्यो, दिउँसो २ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरेको छ । एघारौं महाधिवेशन पछि आइतबार (आज) बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक दिउँसो २ बजे बस्न लागेको हो। 

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक अवस्था, राष्ट्रिय सभा र आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवार चयनबारे केन्द्रित छलफल हुने पार्टी स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले दिएको समानुपातिक उमेदवारको बन्दसूची दर्ता गर्ने समय घर्किँदै गएको समयमा पार्टीको सचिवालय बैठक बस्न लागेको हो । आयोगले पुष १३ र १४ गतेलाई बन्द सूची पेस गर्ने समय दिएको छ ।

राष्ट्रिय सभा र समानुपातिकतर्फका उम्मेदवार छनोटमा समावेशिता, संगठनात्मक सन्तुलन र राजनीतिक योगदानलाई मुख्य आधार बनाएर सूची पेस गर्ने तयारी बैठकको रूपमा आजको बैठक हुने बताइएको छ ।

Share News