काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले बढेर २६३३ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ ।
आइतबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । युनियनको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै मन्जुश्री फाइनान्सको २४ करोड, सीइनर्जी पावरको २२ करोड, एसवाई प्यानलको १८ करोड र शिवम् सिमेन्टको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै उपसमूहको सूचकमा हरियाली छाएको छ । बैकिङ १.१६ प्रतिशत, डेभलपमेन्ट बैंक २.२८ प्रतिशत, फाइनान्स २.७० प्रतिशत, होटल तथन पर्यटन १.३८ प्रतिशत, हाइड्रोपावर १.९७ प्रतिशत, लगानी १.९९ प्रतिशत, लाइफ इन्स्योरेन्स १.९२ प्रतिशत र उत्पादन तथा प्रशोधन १.८७ प्रतिशतले बढेका छन् ।
त्यसैगरी माइक्रोफाइनान्स १.३८ प्रतिशत, म्युचल फन्ड ०.९४ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.७० प्रतिशत, अन्य २.५५ प्रतिशत र व्यापार ०.७२ प्रतिशतले बढेका छन् ।
मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आइतबार सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।