कांग्रेसको समानुपातिकमा पुराना नदोहोरिने, नयाँले अवसर पाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सूचीमा नयाँ नामहरूलाई प्राथमिकता दिने भएको छ । 

पार्टीको केन्द्रीय कार्य सम्पादन समिति ले पुरानालाई नदोहोर्याउने र नयाँलाई अवसर दिने निर्णय गरेको हो । 

सम्पादन समितिको निर्णयअनुसार २०६४ देखि २०७९ सालसम्म पटक-पटक समानुपातिक अवसर पाएका उम्मेदवारलाई यसपटक सूचीमा नराखिने भएको छ ।

सानेपामा बसेको बैठकले सार्वजनिक गरेको निर्णयअनुसार २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा समानुपातिक सांसद भएका उम्मेदवार यसपटक सूचीमा समावेश हुने छैनन् ।

Share News