विकास नायकबाट फर्स्ट च्वाइस फुड्सका अध्यक्ष कृष्णप्रसाद पौडेल सम्मानित

कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरणमा महत्वपूर्ण योगदान

काठमाडौं । विकास नायक अवार्ड २०८२ बाट फर्स्ट  च्वाइस फुड्सका अध्यक्ष कृष्णप्रसाद पौडेल विकास नायकबाट सम्मानित भएका छन् । विकास मिडियाको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा पौडेललाई सम्मान गरेको हो । 

कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण उत्पादनको बिक्री प्रबन्ध गरी कृषकको जीवनस्तर सुधारमा टेवा दिएबापत अध्यक्ष पौडेललाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पौडेललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।

नेपालमा फ्रेन्चफ्राइज उत्पादनको पहिलो उद्योग फर्स्ट च्वाइस फुड्स लिमिटेड खोलेर कृष्ण प्रसाद पौडेलले कृषिमा क्रान्तिको विजारोपण गरेका छन् । नेपाली उद्योगबाटै उत्पादन भएको फ्रेजफ्राइजको स्वाद अमेरिकी र भारतहरुका सहरहरुलाई चखाउन कृष्ण प्रसाद पोडेल सफल भएका छन् । 

विगतमा करोडौं रुपैयाँको आयात हुने फ्रेन्जफाइज अहिले सीमित परिमाणमात्रै आयात भइरहेको छ । नेपाली होटल तथा रेष्टरेन्ट, सुपरमार्केट र स्टोहरुमा नेपाली फ्रेञ्च फ्राइजको माग ह्वात्तै बढेको छ । ३५ हजार परिवारमा उद्योगी कृष्ण प्रसाद पौडेलको उद्योगसँग जोडिएका छन् । उनले आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाइरहेका छन् । 

किसानको पसिनाको मूल्य विश्व बजारसम्म पुर्याउने एक अद्वितीय कृषक अभियन्ताको परिचय कृष्ण पौडेलले बनाएका छन् । गुल्मीको सामान्य गाउँमा परिवारमा जन्मिएका कृष्ण देशकै उत्कृष्ट कृषि उद्योगी र विश्व बजारका व्यवसायीसँग प्रतिस्पर्धा गरेर नेपाल र नेपालीको शिर उचो बनाउने र हजारौं किसानको भविष्य बदल्ने अभियानमा लागिरहेका छन् । 

नेपालमा अवसर छैन भनेर विदेश जाने युवापुस्तालाई उनले नेपालमै भविष्य छ र आत्मनिर्भर बनेर स्वाभिमानका साथ काम गर्न सकिन्छ भन्ने सन्देश पनि दिएका छन् । 

Share News