काठमाडौं । विकास नायक–२०८२ बाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भएकी छिन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा पन्लाई सम्मान गरिएको हो ।
कला तथा मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाए बापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पन्तलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।
सुरक्षा पन्त नेपालली सिनेमा जगतकी एक बहुप्रतिभाशाली अभिनेत्री हुन् । मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरुमा डुब्ने नायिकाको पहिचान बनाएकी सुरक्षाले एक सिर्जनशील र सफल अभिनेत्रीको परिचय निर्माण गरेकी छन् ।
कथामा नयाँपन, चिन्तन र जनजीवन खोज्ने सुरक्षा पढाइले एक इन्जिनियर हुन् । नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत दर्शकमाझ चिनिएकी सुरक्षाले एक दर्जन बढी सिनेमामा अभिनय गरेकी छन् । सुरक्षा आगामी दिनमा अभिनयसँगै निर्देशन, कथा लेखन तथा सिनेमा निर्माणमा पनि सक्रिय हुने योजनामा छिन् ।