जीवा लामिछाने विकास नायक अवार्डबाट सम्मानित

श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो ।

काठमाडौं । विकास नायक–२०८२ बाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा लामिछानेलाई सम्मान गरेको हो । 

श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले खनाललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।

सामान्य किसान परिवारमा जन्मिएर नेपाली तथा विदेशी बिजनेस टाइकनहरुसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक शिखरमा पुगेका पात्र हुन् जीवा लामिछाने । २० वर्षमै विदेशी भूमिमा पुगेर २५ वर्षको उमेरमा विदेशमै व्यवसाय थालेका जीवा अहिले हस्पिटालिटी क्षेत्रमा परिचित नाम बनेको छ । 

जर्मनी, बेल्जिमय र स्विजरल्याण्डमा होटल व्यवसाय गरेर एक सफल पर्यटन व्यवसायीको परिचय बनाएका जिवाले सानिमा ग्रुपमार्फत पनि बैंक, बीमा, जलविद्युत, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । विदेशी भूमिमा बसेका लाखौं नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना तथा विस्तारमा जिवाको भूमिका अनुकरणीय छ । 

साहित्य, समाजसेवा र पर्यटन प्रवद्र्धनमा सक्रिय जीवा नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भूमिका खेलिरहेका छन् । विदेशमा कमाएको पैसालाई स्वदेशमै लगानी गर्नुपर्छ भन्ने बलियो उदाहरण र प्रेरणा जीवा लामिछाने बनेका छन् । 

Share News