काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६४९ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानल नेपालको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै बुटवल पावरको २३ करोड ६७ लाख, शिवम् सिमेन्टको २३ करोड, बन्दिपुर केबलकारको २१ करोड र मन्जुश्री फाइनान्सको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जीवन विकास लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ ।