१ लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन खुल्यो, के-के चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन (म्यादी) प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले बिहीबार सूचना जारी गर्दै निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ ।

निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ ।

null

Share News