देउवाले आफू निकटका नेताहरूसँग भने - पार्टी फुटाउने प्रयास हुँदैछ, अब उचित कदम चाल्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास भइरहेको बताएका छन् । उनले सोमबार बिहान आफू निकटका नेता तथा कार्यकर्तासँग विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका हुन् । उनले पार्टी फुटाउने प्रयास भए पनि त्यो सम्भव नहुने बताएका हुन् । 

‘पार्टी फोड्ने प्रयास भइरहेको छ । तर, त्यो सम्भव हुँदैन । पार्टी फुट्दैन,’  देउवाले नेताहरूसँग भनेका छन् ।

उनले बन्दसत्रबाट हुने निर्णयपछि आफूले पनि उचित कदम चाल्ने बताएका छन् । उनले विशेष महाधिवेशन वैधानिक नभएको पनि बताएका छन् ।

कांगेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ । सोमबार बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् । 
 

Share News