सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण (एएमएल) सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रम आइतबार लाजिम्पाटस्थित होटल र्याडिसनको हलमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीसहित करिब ६० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण शाखाका प्रमुख पदमप्रसाद सोडारी प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा कम्पनीका उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन, नियम, नीति तथा निर्देशनबारे विस्तृत जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी केही संस्थापक सेयरधनीहरूले आ–आफ्ना धारणा तथा जिज्ञासा प्रस्तुत गरेका थिए ।

Share News