विशेष महाधिवेशन : मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मंगलबार (आज) मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक हुँदैछ । 

पार्टीको निर्वाचन समितिका प्रमुख सीताराम केसीले केहीबेरमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

दोस्रो विशेष महाधिवेशन पक्षधर नेताहरू र संस्थापन पक्षधर नेताहरू वार्तामा रहेको समयमा निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

समिति प्रमुख केसीका अनुसार वार्ताले समितिका कार्यलाई कुनै बाधा गर्नेछैन । उनले भने, ‘हामी हाम्रो काम गर्छौं । वार्ताबाट अन्य परिणाम आएको अवस्थामा समितिको कार्यक्रम स्थगन वा रद्द हुन्छ ।’

Share News