सभापतिमा गगन, अन्य पदमा कसको उम्मेदवारी ?

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा गगन थापा एक्लो उम्मेदवार बनेका छन् । बिहीबार बिहान ११ बजेसम्म सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार सभापति पदका लागि थापाको मात्रै उम्मेदवारी परेको छ ।

यसैगरी, महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ जना सहमहामन्त्री रहने व्यवस्था छ ।

निर्वाचन समितिले सबै पदमा उम्मेदवारी परेको जनाएको छ। समितिका संयोजक सीताराम केसीका अनुसार मनोनयन फारम वितरण र उम्मेदवारी दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया बिहान ११ बजेभित्रै सम्पन्न भएको छ ।

केसीका अनुसार कुन पदमा को–को उम्मेदवार छन् भन्ने विस्तृत विवरण निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

Share News