काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वकाे कार्यसमिति भंग भइसकेकाे बताएका छन् । विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका हुन् ।
अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने उनको भनाइ छ । कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई कारबाही गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।