काठमाडौं । सरकारले दुई सचिवहरूको कार्यक्षेत्रमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । उनले अब शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा लामो अनुभवी शर्मालाई सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ उचाइ दिन यो जिम्मेवारी सुम्पिएको जनाइएको छ ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रूपमा कार्यरत विश्वबाबु पुडासैनीलाई भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ । प्राविधिक र प्रशासनिक दख्खल राख्ने पुडासैनीले अब देशको भौतिक पूर्वाधार विकासको मुख्य मन्त्रालयको कमाण्ड गर्नेछन् ।