भदौ २३ र २४ को आन्दोलनपछि पहिलो पट बस्यो राष्ट्रिय सभाको बैठक

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । चार महिनाको लामो अन्तरालपछि आइतबार (आज) सिंहदरबारस्थित संसद भवनमा हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको हो ।

बैठकको प्रारम्भमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् लामो समय सञ्चालन हुन नसक्नुको कारणबारे संक्षिप्त जानकारी गराउँदै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन संसद्‌को भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । 

उनले संवाद र सहमतिमार्फत संसद्‌को कार्यसूचीलाई अघि बढाउन सबै दललाई आग्रहसमेत गरेका छन् ।

हिउँदे अधिवेशनमा सरकारका तर्फबाट बिजनेस भने खासै नआएको बताइएको छ ।

जेनजी आन्दोलनपछि बसेको यो पहिलो बैठकले संसद्‌को आगामी दिशा, दलहरूबीचको सहकार्यलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

लामो समयपछि संसद् सञ्चालनमा आएकाले विधेयक निर्माण, नीति निर्माण र सरकारको उत्तरदायित्व सुनिश्चित गर्ने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।

Share News