काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आइतबार (आज) अपरान्ह आफूनिकट नेताहरूको भेला बोलाएको छ । अनुपम फुडल्यान्डमा नेताहरू आउनेक्रम चलिरहेको नेता बद्री पाण्डेले जानकारी दिए ।
पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, नेतृत्व विवाद र संगठनात्मक अवस्थाबारे साझा धारणा बनाउने उद्देश्यले भेला बोलाइएको पाण्डेको भनाइ छ ।
विशेष गरी नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद, आगामी रणनीतिक मोर्चामा पार्टीको भूमिकाबारे गम्भीर छलफल हुने बताइएको छ ।
भेलामा केन्द्रीय तहका नेताहरू, सांसदहरू, पूर्वसांसदहरू तथा शेखर कोइराला पक्षधर प्रभावशाली नेताहरूको सहभागिता रहने छ ।
पार्टीभित्र एकता, लोकतान्त्रिक अभ्यास र निर्णय प्रक्रियामा पारदर्शिताको विषय पनि छलफलको प्रमुख एजेन्डा हुने अनुमान गरिएको छ ।