धर्म चौधरी उज्यालो नेपाल पार्टीको महासचिवमा सर्वसम्मत चयन, आजै प्रदेश सभा सदस्यबाट राजीनामा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्व प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्री धर्म चौधरी उज्यालो नेपाल पार्टीको महासचिव पदमा सर्वसम्मत रूपमा चयन भएका छन् ।

पार्टी स्रोतका अनुसार हालै सम्पन्न उज्यालो नेपाल पार्टीको केन्द्रीय बैठकले चौधरीलाई महासचिवमा चयन गर्ने निर्णय गरेको हो । संगठन विस्तार, नीतिगत स्पष्टता र वैकल्पिक राजनीतिक धार निर्माणमा अनुभवी नेतृत्व आवश्यक रहेको ठहर गर्दै उनको नाममा सर्वसम्मति जुटेको बताइएको छ ।

महासचिवमा चयन भएसँगै चौधरीले आजै लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले पार्टीको जिम्मेवारीलाई प्राथमिकता दिँदै प्रदेश सभा सदस्य पदबाट अलग हुने निर्णय गरेको जनाइएको छ ।

Share News