काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आइतबार (आज) मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिएको जानकारी सार्वजनिक भएको हो ।
स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित बालेन शाहले महानगरमा सुशासन, अव्यवस्थित संरचना हटाउने अभियान, नक्सा पास र कर प्रणाली सुधार, फुटपाथ व्यवस्थापन लगायतका विषयमा कडा निर्णय लिँदै आएका थिए ।
उनको कार्यशैलीले प्रशंसा र आलोचना दुवै पाएको थियो ।
पछिल्लो समय बालेन संघीय राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको थियो ।
कानुनी प्रावधानअनुसार मेयरको पद रिक्त भएपछि उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नेछिन् ।
बालेनको राजीनामाले राष्ट्रिय राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको छ ।
उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन लड्दै आएको झापाको ५ नम्बर निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने तयारीमा रहेका छन् ।