सीटीईभीटीको उपाध्यक्षमा मोहम्मद सफिउल्लाह मनोनयन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष पदमा मोहम्मद सफिउल्लाह मनोनयन भएका छन् ।

उपाध्यक्षको मनोनयनका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सिफारिस तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा माघ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सफिउल्लाहलाई मनोनयन गर्ने निर्णय गरेको हो ।

राजपुर नगरपालिका–२, रौतहटका स्थायीबासिन्दा सफिउल्लाह विसं २०७७ सालमा नेपाल औषधी लिमिटेडको महाप्रवन्धक बनेका थिए ।

समितिले सफिउल्लाहसँगै अल्पसूचीमा परेका अन्य आठ जनालाई २८ पुसमा अन्तर्वार्ताका लागि बोलाएको थियो ।  

Share News