काठमाडौं महानगरको कार्यवाहक प्रमुख बनिन् सुनिता

काठमाडौं । काठमाडौं महानगरपालिकाकाे कार्यवाहक प्रमुख सुनिता डंगाेल बनेकी छन् । मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएसँगै उपप्रमुख डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ । बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ बाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारी अनुसार मेयरबाट राजीनामा दिएका हुन् । 

Share News