घण्टीघरमा बालेन : जानेबित्तिकै घण्टी बजाए, पदभार ग्रहणको १५ मिनेटमै बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह घण्टीघरमा पुगेर कार्यभार सम्हालेका छन् । काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएसँगै उनी पार्टी केन्द्रीय कार्यालय  पुगेका हुन् । 

शाहलाई पार्टीका सभापति रबि लामिछाने र पार्टीका उपसभापति डिपी अर्यालयले स्वागत गरेका थिए । पार्टी कार्यालयमा निर्माण गरिएको कार्यकक्षमा सभापति रवि लामिछानेले बालेनलाई वरिष्ठ नेताको कार्यकक्षमा स्वागत गरेका थिए ।

उनी रास्वपा कार्यालय पुग्नेबित्तिकै घन्टी बजाएका थिए । त्यसपछि उनले वरिष्ठ नेताकाे पदभार ग्रहण गरेका थिए। 

त्यसलगत्तै उनी पार्टी कार्यालयबाट बाहिरिएका थिए । उनी करिब १०/१५ मिनेट कार्यालयमा बसेका थिए । त्यसपछि उनी कार्यालयबाट बाहिरिएका थिए ।

रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भएयता उनको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो । गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै शाह पार्टीमा समाहित भएका थिए ।

null

शाह आजै साँझ जनकपुर जाने कार्यक्रम छ। जनकपुरमा भोलि सोमबार रास्वपाले कार्यक्रम गर्दैछ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन सहभागी हुँदैछन्।

उनको जनकपुरको कार्यक्रममा जानु पर्ने कार्यक्रम रहेकोले कार्यालयबाट निस्किएको बताइएको छ । 

उनी झापा-५ बाट प्रतिनिधिसभाको चुनाव लड्दैछन् । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रतिस्पर्धा गर्दैछन् । 

Share News