विष्णु पौडेल रुपन्देही २ बाट उम्मेदवार

पाँचै क्षेत्रमा टुंगिए उम्मेदवार

फाइल तस्बिर ।

काठमाडौं । रुपन्देही–२ बाट विष्णु पौडेलको उम्मेदवारी निश्चित भएसँगै नेकपा एमालेले जिल्लाका पाँचै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगिएका छन् । 

विभिन्न दल तथा गठबन्धनका तर्फबाट उम्मेदवार चयन भएपछि रुपन्देहीमा निर्वाचनको राजनीतिक तस्बिर स्पष्ट बन्दै गएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट दधिराम न्यौपाने उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर २ बाट विष्णु पौडेल (विष्णुप्रसाद पौडेल) मैदानमा उत्रिने भएका छन् । 

त्यसैगरी क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरे, क्षेत्र नम्बर ४ बाट सुनिता थथेर र क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईको उम्मेदवारी टुंगिएको नेता खिमलाल भट्टराईले जानकारी दिए ।

पाँचै क्षेत्रमा उम्मेदवार तय भएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन् । 

उम्मेदवारहरूले स्थानीय मुद्दा, विकास निर्माण, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएर मतदातामाझ जाने तयारी थालेका छन् । रुपन्देहीमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

Share News