निर्वाचनमा सक्रिय हुन कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी निर्णयको सम्मान गर्दै आसन्न निर्वाचनमा एकजुट भएर होमिन आफूनिकट नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा आइतबार (आज)  आयोजित भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त निर्देशन दिएको नेता डा. गोविन्द पोखरेलले जानकारी दिए । 

उनका अनुसार हाल देखिएको विवाद अदालतमा पुगेको र अदालतले जे आदेश दिए पनि त्यसलाई स्वीकार गर्दै निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न कोइरालाले आग्रह गरेका हुन् ।

पोखरेलका अनुसार नेता कोइरालाले आफ्ना समर्थकहरूलाई आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएर पार्टी उम्मेदवारको पक्षमा सक्रिय हुन निर्देशन दिएका हुन् ।

Share News