धरान उपमहानगरका मेयर हर्क साम्पाङले दिए राजीनामा

फाइल तस्बिर ।

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

साम्पाङले आइतबार (आज) बसेको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

कानुनी प्रावधानअनुसार मेयरको पद रिक्त भएपछि उपमेयर बेघाले  कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नेछन्। 

साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् ।

Share News