नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, सीआईबीमा श्रेष्ठ

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न विभाग तथा प्रदेश प्रहरी कार्यालयमा डीआईजीहरूको सरुवा गरेको हो ।

सरुवा हुनेमा अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दीपक रेग्मी रहेका छन् । यसैगरी दीपेन्द्र घर्ती क्षेत्री, भूपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पौडेललाई कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा गरिएको छ ।

त्यसैगरी घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा, श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाटमा र भट्टलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको हो ।
 

null

Share News