काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव लड्नका लागि पदबाट राजीनामा दिएको बुझिएको हो ।
उनले आइतबार नै पदबाट राजीनामा दिएको बताएका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् । उनले सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । तर, टिकट भने पाइसकेका छैनन् ।
उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगै जनकपुर पुगेका छन् ।
