काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउने उद्देश्यले सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयन प्रक्रिया तीव्र बनाइएको भन्दै पार्टी नेतृत्वले बैठक आह्वान गरेको हो ।
आज बस्ने उक्त बैठकमा प्रदेशबाट आएका सिफारिस, उम्मेदवारको जित्ने सम्भावनाबारे विस्तृत छलफल हुने बताइएको छ । साथै पार्टीभित्र देखिएका असन्तुष्टि व्यवस्थापन र विवादरहित रूपमा उम्मेदवार टुंग्याउने विषय पनि बैठकको प्रमुख एजेन्डा रहनेछ ।
पार्टी स्रोतका अनुसार संसदीय बोर्डको सिफारिसलाई केन्द्रीय कार्यसमितिमा पेश गरी औपचारिक निर्णय गरिनेछ।
नर्वाचनको कार्यतालिका नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार चयन प्रक्रिया छिटो टुंग्याएर चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ ।