‘अयोग्य’ अफिलाल ओखेडा

बधाई खाएर जहाजको टिकट काटिसकेका थिएँ, बिच बाटोमै टिकट खोसियो

काठमाडाैं । विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमा एउटा समाचार आयो । फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावका लागि नकेपा एमालेबाट बझाङमा अफिलाल ओखडाले टिकट पाए । वर्षौंदेखि पार्टीमा सक्रिय अफिलालसम्म त्यो सन्देश पुग्दा उनमा खुसीको सीमा थिएन । घर परिवार, साथीभाई र कार्यकर्ताहरु उनले टिकट पाएर पनि चुनाव नै जिते जसरी खुसी बने । बधाई र शुभकामना साटासट गरे । किनकी बझाङमा एमालेको दबदबा छ । टिकट पाउनु भएको ५० प्रतिशत जित्नु हो भन्ने आभास उनले गरे । 

र, टिकट लिन पार्टी कार्यालय पुगे । टिकट लिन जानुअघि उनले धनगढीको हवाई टिकट काटे । उनको योजना थियो– टिकट लिएर भनगढी हुँदै बझाङ जाने र ६ गते बझाङमा मनोनयन दर्ता गर्ने । तर, उनले टिकट पाएको २४ घण्टा नबित्दै अर्को अपुष्ट समाचार उनको कानमा पुग्यो । उनको टिकट खोसियो । बझाङका लागि एमालेका नेता ऐन महरलाई टिकट दिइयो । उनी छाँगाबाट खसेजस्तो भए । तर, पनि उनलाई पार्टीप्रति विश्वास लाग्यो । नेतृत्वमाथि भरोसा लाग्यो । 

र, फेसबुकमा लेखे, ‘नेकपा (एमाले)को सचिवालय बैठेकले  टिकट टुंगो लगाएको हो । मेरो कुनै सहमति बिना बदलिएको खबर आएको छ । यस्तो खालको गम्भीर गल्ती नेकपा एमाले जस्तो पार्टीले गर्न सक्दैन भन्नेमा विश्वस्त छु । तल तल अफिलाल ओखेडाको टिकट खोसियो भनेर  छरिएको भ्रममा नपर्न म आग्रह गर्दछु । यदि त्यसो भएको हो भने यस्तो खालको निर्णय  असान्दर्भिक, अप्रासंगिक रहेको ठहर गर्दै व्यक्तिगत मात्र हैन सामाजिक राजनीतिक हिसाबले भएको निर्णयले ठुलो क्षति हुने अवस्था जानकारी गर्दछु ।’

नभन्दै एमालेले अफिलाल ओखेडाबाट टिकट खोसेर ऐन महरलाई आफ्नो उम्मेद्वार बनाएको छ । आफू पाइसकेको टिकट खोसिएपछि अफिलालले गम्भीर आक्रोश पोखेका छन् । उनले आफ्नो टिकट खोस्नुलाई जातीय, वर्गीय र लंगिक अपमानको संज्ञा दिएका छन् । 

उनले भनेका छन्, ‘मैले के अपराध गरेँ र मेरो टिकट खोसियो, जातीय वर्गीय, लैंगिक हित विपरित समावेशी, समानुपातिक मुल्य मान्यता विपरित बल मिच्याईपुर्वक जवरजस्ती टिकट खोसिएको अनुभूति भएको छ ।’

उनले दुःखी हुँदै प्रश्न गरेका छन्, ‘म कसरी अयोग्य ठहरिएँ ? मलाई टिकट दिने निर्णय गर्दा गम्भीर छलफल र बहस भएरै बझाङको जिम्मेवारी दिइएको हैन र ? कुनै राजनैतिक चेत भएको संघर्शिल मानवलाई यो लेबलको अपमान गर्नु सामान्य बिषय हो त ? यो सहन सक्ने र सामान्य बिषय हो ? यो अपमान मात्र हैन, मानवीय सम्बेदनामाथिको अपराध पनि हो । चुनावमा जीत हार कसको भएको छैन ? ममाथि त अन्याय भयो भयो, साथै मेरा तमाम सुभचिन्तक साथिहरु, भुइँ तहमा जनताको सेवामा तल्लिन कार्यकर्ताहरुमाथिको पनि घोर अपमान भएको महसुुस गरेको छु ।’


लामो समय बझाङ जिल्लामा रहेर नेकपा एमालेबाट राजनीति गर्दै आएका ओखेडा समानुपातिक सूचीबाट संविधानसभा सदस्य भएका हुन् । उनले विगत साढे दुई दशकदेखि जिल्लामा राजीतिमा सक्रिय छन् । उनले टिकट पाएको सन्देशले कार्यकर्तामा एक किसिमको सकारात्मक सन्देश प्रवाह भएको थियो । बिच बाटोमै उनको टिकट खोसिएर त्यो आशाको सञ्चार निभेको छ । 

यस्तो छ उनको भनाइ
ममाथि अन्याय किन भयो ? 
सम्पूर्ण बझाङ बासी दाजुभाइ तथा दिदीबहिनी हार्दिक अभिबादन नमन । आज जुन परिघटना मेरो जीवनमा घट्यो, सम्भवतः यस्तो राजनैतिक परिघटना कसैको जिवनमा घटेन होला । पार्टी अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयले मलाई टिकट दिने निर्णय गर्यो । राष्ट्रिय अन्तराष्ट्रिय मिडियाहरुले बझाङको प्रतिनिधि सभा उम्मेद्वार अफिलाल ओखेडा भनेर संसारभर मैले टिकट पाएको बिषय प्रचार प्रसार भयो । 

मैले सारा जीवन नेकपा एमालेको राजनीतिमा बिताएर दुर्गम र पिछडिएको क्षेत्रको विकास र अधिकारको लागि लडेको पार्टिले मूल्यांकन गरेको महसुस भयो । म सम्बद्ध पार्टी मात्र हैन अरु प्रतिष्पर्धी राजनैतिक पार्टीहरुका नेता, कार्यकर्तादेखि सबै तह र तप्काका मानिसहरुबाट बधाई र शुभकामनाले निथ्रुक्क भिजियो । 

म, मेरो परिवार, मेरा साथीभाई, शुभचिन्तक लगायत नेकपा (एमाले) बझाङका अत्यधिक कार्यकर्ता सबै खुसीले गदगद भए । जीवनमा एउटा ठूलो जिम्मेवारी र अवसर आएको महसुुस भयो । पार्टीले दिएको यो जिम्मेवारी मेरो बलबुताले भ्याएसम्म पूरा गर्छु भन्ने दृढ अठोटका साथ मानसिक, भौतिक र हरतरहले तयार भएको थिएँ । 

बिहान ११ बजे टिकट लिएर मनोनयनको लागि जिल्ला जाने भनी  ३ बजे धनगढी को फ्लाइटमा टिकट बनाएर पार्टी कार्यालय पुगें । पार्टी कार्यालयमा टिकट कतिबेला वितरण हुन्छ भन्दा तीन बजे हुन्छ भन्ने केही नेताले भने । सामाजिक सञ्जालमा केही बदलिने संकेत पाएपछि  त्यहाँ भएका पदाधिकारीलाई सोद्धा हुँदैन कसले भन्यो भनेर उत्तर पाउँदा म पनि ढुक्क भएँ । पार्टीले यस्ता कमजोरी गर्दैन भन्ने लाग्यो । फेरि पनि ऐन महरको भयो भन्ने अपुष्ट समाचार सुनें । विह्वास लागेन । गुण्डु पुगेँ । त्यहाँ बदलिएको आभास पाएँ । तर, कोही पनि बोल्दैनन्। सचिवालयले  निर्णय गरेर जनजनमा फैलिएको निर्णय कसरी परिवर्तन भयो ? 

यदि बाहिर हल्ला आएजस्तै मेरो हातमा आएको टिकट खोसिएकै हो भने मैले के अपराध गरेको रैछु ? मैले पार्टी, जनता र देशबिरुद्ध के घात गरेको रहेछु र मलाई यसरी अपमानपुर्बक गलहत्याइयो ? राजनैतिक जीवनमा मैले भ्रष्टाचार गरें कि ? अकुत सम्पति कमाए कि ? सांस्कृतिक बिचलनमा फसें कि ? पार्टी विधि बिधान बिपरित अनुशासनहिन र अनैतिक काम गरेकि? मैले के अपराध गरेर मैले पाएको टिकट खोसियो ?

म फेरि प्रश्न गर्न चाहन्छु , म कसरी अयोग्य ठहरिएँ ? मलाई टिकट दिने निर्णय गर्दा गम्भीर छलफल र बहस भएरै बझाङको जिम्मेवारी दिइएको हैन र ? कुनै राजनैतिक चेत भएको संघर्शिल मानवलाई यो लेबलको अपमान गर्नु सामान्य बिषय हो त ? यो सहन सक्ने र सामान्य बिषय हो ? यो अपमान मात्र हैन, मानवीय सम्बेदनामाथिको अपराध पनि हो । चुनावमा जीत हार कसको भएको छैन ? ममाथि त अन्याय भयो भयो, साथै मेरा तमाम सुभचिन्तक साथिहरु, भुइँ तहमा जनताको सेवामा तल्लिन कार्यकर्ताहरुमाथिको पनि घोर अपमान भएको महसुुस गरेको छु ।

साथीहरु राजनीतिमा लागेर मैले कमाएको जनताको माया बाहेक केही छैन । न त मसँग मुलुकको कुनै  शहरमा घर छ, न घडेरी छ, न गाडि छ,न कुनै बैंक ब्यालेन्स छ । म टेम्पो/सार्बजनिक बसमै यात्रा गरिरहेको हुन्छु । आम जनताको जिवनस्तर जस्तो छ मैले पनि त्यस्तै बिताएको छु । अहिलेको प्रतिनिधि सभा चुनावको लागि  मेरा हितैसी साथीभाई ,आफन्त साथै कार्यकर्ताले महानुभावहरुले तन, मन, धन, कर्म, बचन र व्यवहारले  सहयोग गर्ने आश्वासन दिएका थिए । विगतको अनुभवले म ढुक्क थिएँ । खैर ठिकै  छ । तर  ममाथि र मेरा साथिहरु माथि भएको अपमान असह्य छ ।   जातीय वर्गीय, लैंगिक हित विपरित समावेशी, समानुपातिक मुल्य मान्यता विपरित बल मिच्याईपुर्वक जवरजस्ती टिकट खोसिएको अनुभूति भएको छ । 
 

Share News