काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आसन्न निर्वाचनका लागि देशभरका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार (भोलि) उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नै पार्टीले उम्मेदवार टुंग्याउँदै चुनावी तयारीलाई तीव्र बनाएको हो ।
पार्टी निर्णयअनुसार संयोजक पुष्पकमल दाहाल रुकुम–पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
रुकुम–पूर्वलाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा लिँदै आएका दाहाललाई त्यहीँबाट उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको जनाएको छ ।
उम्मेदवार टुंगो लागेसँगै नेकपाले प्रचार–प्रसार, संगठन परिचालन र चुनावी एजेन्डा सार्वजनिक गर्ने तयारीसमेत अघि बढाएको छ ।