काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले विकासको अवधारणा नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
मानव विकास सूचकांकमा पछाडि परेको मधेशलाई शिक्षा, स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ ।
वाग्लेले राष्ट्रिय समुन्नतिको इञ्जिनमा मधेश प्रदेशलाई ल्याउन आफूहरू लाग्ने बताए । उनले पार्टीले जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै रास्वपा अब मधेशको मसिहा बन्ने बताएका हुन् ।
उनले प्रदेश संरचना परिवर्तन गर्ने पनि बताएका छन् । उनले काठमाडौं सिंहदरबारको नक्कल गर्ने प्रदेश संरचना देशका लागि घाँडो हुँदै गएको दावी गरेका हुन् ।
नेपालको अर्थ राजनितिको पाटो माघ ५ बाट अग्रगमनतर्फ जाने वाग्लेको दावी छ ।